राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १२ श्रावण, २०८२
११ साउन २०८२, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४औं घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाव र चुनौतिहरुले पूरा गर्न नसेको गुनासो गरेका छन् ।
आइतबार काठमाडौमा आयोजित सामूदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उनले आवश्यक पर्ने जति विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत निर्यात गर्ने साथै मुलुकलाई समृद्ध बनाउने अभियानमा लागिरहेको बताए ।
उनले भने,‘२४ औं घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना छ । तर यसमा दबाव ,चुनौतिहरु छन् । हामीलाई आवश्यक पर्नेजति विद्युत आफै उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत निर्यात गर्ने र मुलुकलाई समृद्ध बनाउने अभियानमा आज मुलुक लागि रहेको छ ।’
त्यस्तै उनले हरेक क्षेत्रमा जस्तै विद्युत क्षेत्रमा पनि चुनौतिहरु देखिएको भन्दै चुनौति सामना गर्ने सामर्थ्य निर्माण गर्नुपर्ने उनको भनाइ छ ।