शुक्रबार, ६ मंसिर, २०८२

६ निर्माण कम्पनी परे कालो सूचीमा

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १० श्रावण, २०८२

६ निर्माण कम्पनी परे कालो सूचीमा

९ साउन २०८२, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने ति निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

advertisement_1680627680.gif