शुक्रबार, ६ मंसिर, २०८२

लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १२ जेष्ठ, २०८२

लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो

११ जेठ २०८२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश सदर गर्दा सर्वोच्च अदालतले गरेको त्रुटि सच्चाइएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले आइतबार त्रुटि सच्याई पाऊँ भनी पेश भएको प्रतिवेदन उपर आदेश संशोधन गरेको हो ।

जेठ ९ गते गरिएको आदेशको शिर खण्डको चौंथो हरफमा ‘आदेश’ हुनुपर्नेमा टाइप गर्दा भुलवश ‘फैसला’ हुन गएकाले न्याय प्रशासन ऐन, २०७३ को दफा १८ (३) बमोजिम संशोधन गरी पाऊँ भनी प्रतिवेदन पेश गरिएको थियो ।

सोही प्रतिवेदन बमोजिम आइतबार अदालतले गरेको त्रुटि सच्चाइएको हो ।

advertisement_1676551646.gif