शनिबार, ९ जेष्ठ, २०८३

कामीरिताले ३२औं पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमान

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३ जेष्ठ, २०८३

कामीरिताले ३२औं पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमान

२०८३ जेष्ठ ०३, काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही लाक्पा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ११औँ पटक सफल आरोहण गरेकी छन् । यससँगै उनी सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने महिला बनेकी छिन् ।

कामिरिता शेर्पाले ३२ औं पटक सगरमाथाको सफल आरोहण गरेर सबैभन्दा धेरै पटक आरोहण गर्ने व्यक्तिको नयाँ कीर्तिमान बनाएकै दिन लाक्पाको पनि कीर्तिमान बनेको हो । लाक्पाले कामिरिताले भन्दा ४२ मिनेट अगाडि यो कीर्तिमान बनाएकी हुन् ।

आज बिहान करिब ९:३० बजे सगरमाथाको चुचुरोमा पाइला टेक्दै लाक्पाले महिला पर्वतारोहीको तर्फबाट सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने आफ्नै विश्वकीर्तिमान रचेकी हुन् ।

यो अद्भुत उपलब्धिसँगै उनी सगरमाथाको शिखरमा सबैभन्दा बढी पटक पुग्ने इतिहासकै पहिलो महिला बनेकी छन् । सेभेन समिट ट्रेक्सका अनुसार, लाक्पाले आफ्नो अदम्य साहस, दृढ आत्मविश्वास र पर्वतारोहणप्रतिको अटुट समर्पणमार्फत विश्वभरका महिला तथा आरोहीहरूलाई निरन्तर प्रेरणा दिँदै आएकी छन् ।

लाक्पा र कामिरिता दुवैको आरोहण व्वस्थापन एउटै एजेन्सी ‘सेभेन समिट ट्रेक्स’ले गरेको हो । उनको यो ऐतिहासिक सफलताले नेपाली पर्वतारोहणको इतिहासमा अर्को स्वर्णिम अध्याय थपेको छ ।

advertisement_1676998982.gif