शुक्रबार, ६ मंसिर, २०८२

कुलमान र हितेन्द्रको रिट हेर्दाहेर्दैमा

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १८ चैत्र, २०८१

कुलमान र हितेन्द्रको रिट हेर्दाहेर्दैमा

१९ चैत्र २०८१, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएको भन्दै कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । यसअघि आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको यो रिट 'हेर्न नमिल्ने' मा परेको थियो ।

यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाउन आदेश दिएको थियो । साथै सो इजलासले पक्ष र विपक्ष दुबैलाई १५ दिनभित्र लिखित जवाफको माग गरिएको थियो ।

आज मंगलबार न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भएको थियो । आज अन्य सबै निवेदन हेर्न नभ्याइनेमा राखेर घिसिङ र शाक्यको रिटमा केन्द्रित भएर सुनुवाइ गरिएको थियो। घिसिङ र शाक्यको  रिट यसअघि आइतबार पेसी तोकिए पनि सुनुवाइ भएको थिएन ।

आइतबार रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेका थिए । कुलमानले आफ्नो पदाधिकार छँदाछँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन्।

advertisement_1676551694.gif