शुक्रबार, ६ मंसिर, २०८२

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन

रााष्ट्रिय सन्‍देश डेक्‍स, बुधबार, १ आश्विन, २०८२

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन

२०८२ असोज १, काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ, एनसीसी अल्मुनाइ एशोसिएशन नेपाल, जेनजी युवा समूह लगाएत संघ संस्थाहरुले बुधबार दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै माइतीघर मण्डलमा छुट्टा छुट्टै दीप प्रज्वलन गरेका हुन् । सो क्रममा उनीहरुले मौनधारण समेत गरेका थिए ।

त्‍यस्‍तै देशभरमा विभिन्‍न संघसंस्‍थहरूले पनि जेनजी आन्‍दोलनका क्रममा ज्‍यान गुमाएकाहरूको सम्‍झनामा चोक, संघसंस्‍थाहरूकोको कार्यालयहरूमा पनि दीप प्रज्‍जलन गरिएको खबर छ । 

बुधबार साँझ मृतक शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न र उनीहरूको योगदानको कदर गर्न जेन-जि समूह दुहबी र खनारको आयोजनामा स्थानीय युवा तथा सर्वसाधारण भेला भएका थिए। दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले मृतकहरूको तस्बिर राखी बत्ती बालेर मौन धारण गरेका थिए । उनीहरूले आन्दोलनका क्रममा भएका मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका थिए ।

भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कम्तिमा ७४ जनाको ज्यान गएको छ । सरकारले जेनजी युवाहरुको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरुको सम्मान स्वरूप बुधबार राष्ट्रिय शोक मनाउदै सार्वजनिक बिदा दिएको थियो ।

advertisement_1676553851.gif