शुक्रबार, ६ मंसिर, २०८२

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा गर्यो

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १७ जेष्ठ, २०८२

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा गर्यो

१६ जेठ २०८२, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले आज एक सूचना जारी गरी यही जेठ १७ गतेदेखि २४ गतेसम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जानकारी गराएको हो ।

सूचनामा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालायको दक्षिण गेट हुँदै जयनेपाल मोटसम्म र महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटसम्म निषेध गरिएको उल्लेख छ ।

advertisement_1680627680.gif