शुक्रबार, ६ मंसिर, २०८२

इच्छाराज तामाङलाई सर्वोच्चबाट पनि दोषी ठहर

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ जेष्ठ, २०८२

इच्छाराज तामाङलाई सर्वोच्चबाट पनि दोषी ठहर

४ जेठ, २०८२, काठमाडौं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् ।

विशेष अदालतको फैसला बदर गर्न र तारेखमा रही पुर्पक्ष गर्न माग गर्दै तामाङले सर्वोच्चमा दिएको निवेदन खारेज भएको छ । तामाङले विशेष अदालतको फैसला बदरको माग गर्दै तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाऊँ भनी सर्वोच्चमा ७३ नम्बर निवेदन दिएका थिए । 

यसअघि विशेष अदालतले तामाङलाई दोषी ठहर गरी एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ बराबरको जरिवाना गरेको थियो । त्यस्तै तीन वर्ष कैद सजायसमेत सुनाएको थियो।

advertisement_1676553908.gif