शुक्रबार, ६ मंसिर, २०८२

१४ घण्टापछि खुल्यो बिपी राजमार्ग

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ३० बैशाख, २०८२

१४ घण्टापछि खुल्यो बिपी राजमार्ग

३० बैशाख २०८२, काठमाडाैं । अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध बिपी राजमार्ग १४ घण्टापछि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा १४ घण्टादेखि राजमार्ग अवरुद्ध भएको थियो ।गएरातिदेखि अवरुद्ध राजमार्ग आज दिउँसोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी विन्दु अधिकारीले अहिले सडक पूर्ण रुपमा सञ्चालनमा आएको बताइन् । उनले भनिन् ‘बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । तर अहिले सडक खुलाइएको छ ।’ सडक अवरुद्ध कयौं यात्रुहरु अलपत्र परेका थिए ।

गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो ।

advertisement_1676553851.gif