शुक्रबार, ६ मंसिर, २०८२

भारत हुँदै खाडी देश पठाउन लागिएका ४० नेपाली महिलाको उद्धार

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २३ श्रावण, २०८२

भारत हुँदै खाडी देश पठाउन लागिएका ४० नेपाली महिलाको उद्धार

२०८२ साउन २२, काठमाडौं । भारतको बाटो भएर तेस्रो देश लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ ।

दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार गैरकानूनी तरिकाले भारत हुँदै तेस्रो देश लैजान लागिएका महिलाहरुको उद्धार गरी हिजो नेपाल फर्काइएको हो ।

दूतावासका अनुसार दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी देश लैजान लागिएको थियो ।

भारतीय प्रहरीसँगको सहयोगमा उनीहरुलाई उद्धार गरी नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ ।

advertisement_1676551646.gif