शुक्रबार, ६ मंसिर, २०८२

दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो -रवि लामिछाने

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १७ चैत्र, २०८१

दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो -रवि लामिछाने

१८ चैत्र २०८१, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् । सोमबार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधन गर्ने क्रमम यस्‍तो बताएका हुन।

उनले भने, ‘सरकारले सक्ने जति जोड बल लगाएको छ । केही नभएको भए त्यत्रो धरौटी लिन्थ्यो अदालतले भन्छन् । तिमिहरूको दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जित हो । शरीरमा एक थोपा रगत हुनजेलसम्म यो लुटतन्त्रको विरोधमा उभिने छु । चाहे जतिसुकै मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार, मैले व्यक्तिगत जीवनको लागि कहिल्यै केही मागेको छैन । म राजनीतिमा हुन्नथे भने यो दुख खेप्नुपर्ने पनि थिए । लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाई रहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन ।’

उनले सरकारको आफूमाथिको षड्यन्त्रको सिलसिला अझै नसकिएको भन्दै कुनै दिन पनि हार नमानेको र मान्ने वाला पनि नरहेको जिकिर गरे । जतिसुकै आक्षेप लागे पनि जुनसुकै तराजुमा बसेर आफूलाई तौलन तयार भएर बसेको उनले बताए । 

दुई तिहाइको सरकारले ज्यूँदै छोड्नु नै आफ्नो जित भएको रविले बताए ।

advertisement_1680627706.gif