शुक्रबार, ६ मंसिर, २०८२

रवि लामिछानेको पक्षमा २४ लाख बढीको हस्ताक्षर

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २ श्रावण, २०८२

रवि लामिछानेको पक्षमा २४ लाख बढीको हस्ताक्षर

१ साउन २०८२, काठमाडौँ । पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको दावी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सुरू गरेको हस्ताक्षर अभियानमा हालसम्म २४ लाख ५७ हजार धेरैले हस्ताक्षर गरेका छन् । अभियानका संयोजक दीपक बोहराले बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको हालसम्मको प्रगति, खर्च र सहयोग विवरण सार्वजनिक गरेका हुन् ।

अभियान सुरु भएको २५ दिनमा उक्त संख्यामा हस्ताक्षर संकलन भएको हस्ताक्षर अभियानका संयोजक तथा पार्टीका सहकोषध्यक्ष दीपक बोहराले बताए । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता दीपक बोहराले हस्ताक्षर अभियानलाई अझै अगाडि बढाउने पार्टीको तयारी रहेको बताए । अभियानलाई अझै ब्यापक बनाउनको लागि साउन ५ देखि वडा समितिले घरदैलो अभियान चलाउने जानकारी दिएका हुन् ।

अब नेपाल–भारत सीमा नाका (काकडभिट्टा, रक्सौल, जोगबनी, बेलहिया, जमुनाह, गड्डाचौकी आदि), प्रमुख विमानस्थल, बसपार्क र भीडभाड भएका स्थानहरूमा ऐक्यबद्धता डेस्क स्थापना गरिने उनले बताए ।

बोहराका अनुसार हालसम्म अभियानका लागि ४६ लाख १२ हजार ६३७ रुपैयाँ सहयोग संकलन भइसकेको छ भने अभियान संचालन, अपिल तथा हस्ताक्षर फारम छाप्ने लगायतका कार्यमा ५९ लाख ६८ हजार रुपैयाँ खर्च भइसकेको छ ।

बोहराका अनुसार हालसम्‍म हस्‍ताक्षर कोशी प्रदेश: १,६६,८६१, मधेश प्रदेश: २०,५०५, वाग्मती प्रदेश: ६,३९,०६८, गण्डकी प्रदेश: ४,३२,७२३, लुम्बिनी प्रदेश: २,३६,५९५, कर्णाली प्रदेश: ४३,७७५, सुदूरपश्चिम प्रदेश: ९४,५३५, केन्द्रीय कार्यालय: ३३,३७०, काठमाडौंमा र्‍याट व्यवस्थापन बुथ :५९, ८८५, व्हाट्सएप: ६,५०,१७२ र इमेलमार्फत्: ८०,१७६ गरि २४ लाख ५७ हजार धेरैले हस्ताक्षर संकलन गरेको जानकारी दिए । 

advertisement_1676998982.gif