शुक्रबार, ६ मंसिर, २०८२

रास्वपाद्वारा संविधान परिमार्जन सुझाव कार्यदल गठन गर्‍यो

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २१ पुष, २०८१

रास्वपाद्वारा संविधान परिमार्जन सुझाव कार्यदल गठन गर्‍यो

२१ पुष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । आइतबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको हो ।

संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल बनाइएको रास्वपाले जनाएको छ । कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ ।

कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य छन् ।

कार्यदलले ७ वटै प्रदेशमा साझेदार तथा संविधानविदसंग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने बताइएको छ।

advertisement_1680627680.gif