शुक्रबार, ६ मंसिर, २०८२

रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल निलम्बित

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ असार, २०८१

रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल निलम्बित

काठमाडौं, असार २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्वन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा ढकाललाई पार्टीको केन्द्रीय समितिले निलम्वन गरेको हो ।

बुधबार महामन्त्री डा. मुकुल ढकाल निलम्बन परेपछि “तत्काललाई पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटिलाई कार्यवाहक महामन्त्री र सहप्रवत्ता मनिष झालाई कार्यवाहक प्रवक्ता तोकिएको छ ।

डा ढकालको समीक्षा यात्राको प्रतिवेदनबारे बुधबार बिहानदेखि राति १२ बजेसम्म छलफल भएको थियो । बैठकमा उनले  बैठकको प्रत्यक्ष प्रसारण गर्न र प्रतिवेदन सार्वजनिक नगरेको जनाउँदै मुखमा मास्कमाथि कालो टेप लगाएर विरोध जनाएका थिए । 

बैठकको सुरुआतमा महामन्त्री डा ढकालले केन्द्रीय समितिको बैठकलाई प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग राख्नुभएको र सभापतिले उक्त प्रस्तावमा आफ्नो मञ्जुरी रहेको उल्लेख गरे पनि अन्य सदस्यले महामन्त्रीको प्रस्तावविरुद्ध मत राख्दै प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको  कार्यवाहक प्रवक्ता झाले बताए । 

आफ्नो माग पारित नभएपछि महामन्त्रीले आफ्नो लोकतान्त्रिक अधिकार हनन भएको जनाउँदै कालोपट्टी बाँधेर बैठकमा सहभागी भएका थिए । 

advertisement_1680627706.gif