शुक्रबार, ६ मंसिर, २०८२

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ११ जेष्ठ, २०८२

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

१० जेठ २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र केन्द्रीय समितिको बैठक बस्ने भएको छ । शनिबार सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्न लागेको हो ।

शुक्रबार सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामै रहने आदेश गरेपछि भर्चुअल बैठक बोलाइएको रास्वपाले जानकारी दिएको छ ।

रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालयमा बस्न लागेको हो ।

advertisement_1676998982.gif