शुक्रबार, ६ मंसिर, २०८२

रास्वपाका सांसदहरु कालो पोशाक र निलो रिबन लगाएर सदनमा, प्रतिनिधिसभाको आजको बैठक वहिष्कार

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ६ असार, २०८२

रास्वपाका सांसदहरु कालो पोशाक र निलो रिबन लगाएर सदनमा, प्रतिनिधिसभाको आजको बैठक वहिष्कार

६ असार २०८२, काठमाडौं । प्रतिनिधि सभा बैंठक सुरु हुनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले शुक्रबार कालो पोशाक र निलो रिबन लगाएर प्रदर्शन गरेका छन् । मानव तस्करीको विरोध स्वरुप कालो पोशाक र निलो रिबन लगाएर संसद् बैठकमा सहभागी हुन संघीय संसद भवन पुगेका उनीहरुले सामूहिक तस्विर पनि खिचाएका हुन्।

भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै आएका रास्वपा सांसदहरु मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’प्रतिकका रुपमा रहेको जनाएका छन् । यसअघि पनि उनीहरुले निलो रिबन लगाएर सदनमा उपस्थित भएपछि नेपाली कांग्रेसले ‘अमर्यादित’ पोसाक भन्दै टिप्पणी गरेको थियो ।

यता, सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेपनि रास्वपाले अवरोध जारी रहने जनाएको छ । प्रतिनिधिसभाको आजको बैठक वहिष्कार गर्दै रास्वपा र राप्रपाका सांसद बाहिरिएका छ्न् ।

सदन अवरुद्धपछि विशेष कारण देखाउँदै प्रधानमन्त्रीसँगको सवालजवाफ पनि कार्यसूचीबाट हटाइएको छ ।

advertisement_1676551646.gif