शुक्रबार, ६ मंसिर, २०८२

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १२ जेष्ठ, २०८२

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

११ जेठ २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । यसअघि हिजो केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक बसेकोमा आज भौतिक उपस्थितिमै बैठक बस्न लागेको हो ।

दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपा केन्द्रीय समिति बैठक बस्दै रास्वपाको केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक हिजो ४ बजे बसेको  थियो भने त्यसको निरन्तरता स्वरूप केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी गतिविधि र पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतद्वारा आदेश सदर गरेपछिको परिस्थितिबारे छलफल हुने बताइएको छ ।

advertisement_1676553851.gif