शुक्रबार, ६ मंसिर, २०८२

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ५ भाद्र, २०८१

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, भदौ ५ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ । बिहान ८ बजेबाट सुरु हुने बैठकमा विभिन्न १० कार्यसूचीमा छलफल हुने बताइएको छ ।

बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ । यस्तै समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ ।

संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशमा विधान संशोधन, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

advertisement_1680627706.gif