शुक्रबार, ६ मंसिर, २०८२

रास्वपाका मन्त्रीहरूले राजीनामा दिँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ असार, २०८१

रास्वपाका मन्त्रीहरूले राजीनामा दिँदै

काठमाडौं, असार २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिंदैछन् । यसअघि बुधबार नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैै मन्त्रीहरु सामूहिक राजीनामा बुझाएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन्। 

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिए ।

रास्वपाका तर्फबाट सरकारमा सहभागी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राजीनामा दिन लागेका हुन् ।

advertisement_1676551694.gif