शुक्रबार, ६ मंसिर, २०८२

रुपन्देही-३ को उपनिर्वाचनका लागि रास्वपाद्वारा अनलाइन आवेदन माग

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ६ श्रावण, २०८२

रुपन्देही-३ को उपनिर्वाचनका लागि रास्वपाद्वारा अनलाइन आवेदन माग

५ साउन २०८२, काठमाडौं । रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारका लागि दरखास्त आह्वान गरेको छ ।

रास्वपाले आधिकारिक उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको न्यूनतम मापदण्ड र निर्वाचन आयोग नेपालको न्यूनतम कानुनी योग्यता पूरा गरेका व्यक्तिले साउन ७ गतेदेखि २१ गतेसम्ममा दरखास्त दिन आह्वान गरेको हो ।

रास्वपाको आधिकारिक उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको न्यूनतम मापदण्ड र निर्वाचन आयोग नेपालको न्यूनतम कानुनी योग्यता पूरा गरेका व्यक्तिलाई कार्तिक ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्म दरखास्त गर्न सकिने बताएको छ । पार्टीको आधिकारिक मोबाइल एप डाउनलोड गरी सोही एपबाट अनलाइन दरखास्त दिन सकिने रास्वपाले जनाएको छ ।

 

advertisement_1676998982.gif