शुक्रबार, ६ मंसिर, २०८२

सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट ले पायो चार तारे होटल स्तरको मान्यता

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १२ चैत्र, २०८०

सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट ले पायो चार  तारे होटल स्तरको मान्यता

नेपालगन्ज÷(बाँके) पवन जायसवाल । कपिलवस्तु जिल्लाको चन्द्रौटामा स्थित’ सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा रहेको सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’लाई चार तारे होटल स्तरको मान्यता मिलेको छ । 

पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तर उन्नति गरेको हो । लुम्बिनी प्रदेशमा सञ्चालित सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टलाई पर्यटन ऐन अनुसार चार तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी इजाजत पत्र दिइएको छ’ पर्यटन विभागका अनुसार २५ विघा क्षेत्रफलमा विस्तारित सद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टमा  २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी ८४ वटा रुम रहेका छन् । साथै साना ठूला गरी  पाँच वटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ । सोही पोखरीमा होटलको ’फिस फार्म’ समेत रहेको छ । 

यसरी त्यस क्षेत्रमा धेरै संख्यामा भारतीय पर्यटक भित्र्याउन सफल रहेको सद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टले ४ तारा स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरिएको सिध्दार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताएका छन् ।  
रिसोर्टमा ज्याकुजी, स्पा लगायत सुबिधा उपलब्ध रहेका छन् । हाल सम्म यस रिर्सोटमा ७५ जनाले व्यक्तिले रोजगारी पाएका छन् अब केही समयमै क्यासिनो सञ्चालन पश्चात झण्डै ३ सय ८० जनालाई रोजगारी दिइने सिईओ कृष्ण न्यौपानेले बताएका छन् । 

यस्तै  यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा यस रिसोर्टले ठूलो भुमिका निर्वाह गर्ने रिसोर्टका अध्यक्ष लक्ष्मण भण्डारीले बताएका छन् ।

रिसोर्टले यसअघि ४४औं विश्व पर्यटन दिवसको अवसरमा ग्रामीण क्षेत्रमा स्थानीय उत्पादन, स्थानीय रोजगारी एवम् एग्रो टुरिजम मार्फत पर्यटन प्रवर्द्धनमा योगदान पु¥Þ्याए बापत राष्ट्रिय सम्मान पनि पाई सकेको छ ।

advertisement_1676998982.gif