शुक्रबार, ६ मंसिर, २०८२

पाल्‍पामा भारतीय कार दुर्घटना, तीन जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २४ जेष्ठ, २०८०

पाल्‍पामा भारतीय कार दुर्घटना, तीन जना घाइते

पाल्पा । पाल्पामा बुधबार भारतीय कार दुर्घटना भएको छ। भारतीय कार दुर्घटना परि तीनजना घाइते भएका छन्।

कार दुर्घटनामा परि घाइते हुनेहरूमा कारचालक उत्तर प्रदेश भारतका ककरहवाका ५२ वर्षीय वीरेन्द्र पाण्डेय, उत्तर प्रदेश भारतका ढडेपुरका कृष्ण नारायण तिवारी र रूपन्देहीका ५० वर्षीय बुद्धिराम मुराउ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

जिल्‍ला प्रहरी कार्यालय का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले अनुसार घाइते मुराउको अवस्था गम्भीर रहेको र घाइतेको तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको छ।

कारमा ४ जना सवारी रहेको कार भारतको गोरखपुरबाट पाल्पाको रानीमहलमा घुम्ने पर्यटक बोकेर आएको यूपी ५५ वाइ ३३०१ नम्बरको भारतीय कार आज दिउँसो करिब २ बजे तानसेन नगरपालिका–१३ रानीमहल नजिकै दुर्घटना भएको बताइएको छ। कार सडकभन्दा करिब १०० मिटर तल खसेको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

advertisement_1676551646.gif