शुक्रबार, ६ मंसिर, २०८२

पाल्‍पाको जोर्तेमा गुडिरहेको स्कार्पियो माथी पहिरो खसेर पुरिदा तीन जनाको मृत्यु, पाँच घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १३ भाद्र, २०८०

पाल्‍पाको जोर्तेमा गुडिरहेको स्कार्पियो माथी पहिरो खसेर पुरिदा तीन जनाको मृत्यु, पाँच घाइते

पाल्‍पा। पाल्पाको जोर्तेमा आज बुधबार बिहान गुडिरहेको स्कार्पियो माथी पहिरो खसेर पुरिदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो ढुंगासहितको पहिरोले पुरिएर हो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । सूचना अधिकारी थापाका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जना घाइते छन्। स्थानीय र प्रहरीसहितको टोली उद्दारमा लागेको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । सुख्खा पहिरोले स्कार्पियो च्यापिएर सडकको छेउमा रहेको छ । उक्त स्कार्पियोमा कति यात्रु यात्रा गरेको भन्ने एकिन भने भएको छैन ।

दुर्घटनास्थल तानसेन तम्घास सडक खण्डमा जर्छ । दुर्घटनाबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ।

advertisement_1680627680.gif