शुक्रबार, ६ मंसिर, २०८२

निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ७ जना लाभान्वित,राप्ती पारीमा १९ गाउँका सर्वसाधारणले स्वास्थ्य परिक्षण गराए

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ६ माघ, २०८०

निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ७ जना लाभान्वित,राप्ती पारीमा १९ गाउँका सर्वसाधारणले स्वास्थ्य परिक्षण गराए

नेपालगंज  । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ सिधनवामा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ३ सय ७ सय जना लाभान्वित भएका छन् । शनिवार स्थानीय सिद्धेश्वर माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट वडा नम्बर ६ र ७ अन्तर्गतका १९ वटा गाउँका .३ सय ७ सय जना सर्वसाधारण स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् । 
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजना तथा नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा सम्पन्न उक्त शिविरमा ४६ जना पुरुष र १ सय ११ जना महिला सहित १ सय ५७ जनाको जनरल तर्फ स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा आँखा परिक्षण तर्फ महिला सय १ जना र ४९ जना पुरुष समेत १ यस ५० जनाले आँखा परिक्षण गराएर औषधि समेत निःशुल्क प्राप्त गरेका थिए । 
उक्त शिविरमा सबभन्दा बढी उमेर ८५ वर्षका पुरुष जिउलाल थारु र महिला तर्फ ८० वर्षकी सुकुमराजी थारुले पनि स्वास्थ्य परिक्षण र आँखा परिक्षण गराएका थिए । शिविरमा सबभन्दा कम उमेर  ९ महिनाकी टिका थापा र ११ वर्षको संयोग पुनले स्वास्थ्य परिक्षण गराएका थिए ।  
उक्त शिविरमा राप्तीसोनारी गाउँपालिका वार्ड नं.–६ र ७ को लालपुर, जोरइया, हापुरा, मोहनपुर, सर्री, छटकपुर, कमईडाँडा, निबुवाटार, पनेरिया, बिशम्भरपुर, छपरतल्ली, पदनहा, हबरहवा, बमलहवा, सिधनवा, ढलैइया, गुलरी, भलगडिया, टेपरी लगायतका बासिन्दाहरुले सेवा लिएका थिए ।  
नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको १२ औं वार्षिकोत्सव पारेर आयोजना गरिएको उक्त शिविरका प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्तीसोनारी उपशाखाका सल्लाहकार लवराज खरेलले ७३ वर्षिया टिका घर्ति र ७० वर्षिय नन्दु राम थारुलाई विरामी जाँच्ने पर्चा हस्तान्तरण गरेर शिविरको शुभारम्भ गर्नु भएको थियो । 
सो अवसरमा प्रमुख अतिथि खरेलले वडा नं. ६ र ७ अन्तर्गतका ग्रामीण समुदायका विरामीहरुले निःशुल्क स्वास्थ्य परीक्षण र औषधी उपलब्ध गराएकोमा आयोजक संस्था प्रति आभार व्यक्त गर्नुहुँदै हरेक वर्ष एक पटक शिविर सञ्चालन गर्न आग्रह गर्नु भयो । 
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले विद्यार्थीहरुको आकस्मिक स्वास्थ्य समस्याको तत्काल उपचारका लागि केन्द्रको तर्फबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ सिधनवा स्थित सिद्धेश्वर माध्यमिक विद्यालयका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजारु थारुलाई प्राथमिक उपचार बक्स हस्तान्तरण गर्नु भयो । उक्त बक्स भित्र आकस्मिक स्वास्थ्य समस्याका लागि आवश्यक पर्ने करीब २० थरी आौषधिहरु उपलब्ध गरिएको छ ।
कार्यक्रमको अध्यक्षता सहकार्य गर्ने नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष कमला चौधरीले गर्नुभएको थियो शिविर शुभारम्भ कार्यक्रम सञ्चालन नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी सचिव बम कुमारी थापाले गर्नु भएको थियो ।
शिविर अवधिभर उक्त सहकारी संस्थाका पदाधिकारी, नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्तीसोनारी उपशाखाकी अध्यक्ष तथा सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङ लगायतको सक्रिय सहयोग र सहभागिता रहेको थियो । 
शिविरमा नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका डा. हर्षित पाठक, डा. आशिष न्यौपाने र नेत्ररोग विशेषज्ञ जीतेन्द्र कुमार वर्माले स्वास्थ्य परिक्षण गर्नु भएको थियो भने स्टाफ नर्सहरु सुश्री दिपा थापा र सुश्री सञ्जु लामाले स्वास्थ्य परिक्षणमा सहयोग गर्नु भएको थियो । 
डा. हर्षित पाठकका अनुसार स्वास्थ्य परिक्षण गरिएका छाला सम्बन्धि रोगबाट बढी पीडित भएको पाइएको बताउनु भयो । 
त्यसैगरि पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था बाँकेका व्यवस्थापक बामदेव भट्टराई, आयोजक संस्थाका कार्यक्रम संयोजक महेश श्रेष्ठ, सामुदायिक स्वास्थ्य केन्द्रका इञ्चार्ज रमण कुमार शर्मा, स्वास्थ्य सहायक राजेन्द्र कुमार वर्मा, निखिल जायसवाल, अञ्जना गुरुङ, दिलमाया वि.क. लगायतले सहयोग गर्नु भएको थियो ।

निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ७ जना लाभान्वित,राप्ती पारीमा १९ गाउँका सर्वसाधारणले स्वास्थ्य परिक्षण गराए

advertisement_1680627680.gif