शुक्रबार, ६ मंसिर, २०८२

१० महिला सहित ६० जनाले गरे रक्तदान

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ९ माघ, २०८१

१० महिला सहित ६० जनाले  गरे रक्तदान

नेपालगञ्ज (बाँके)।बाँकेको नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको आयोजनामा १० महिला सहित ६० जनाले रक्तदान गरेका छन्।राप्तीसोनारी गाउँपालिका वार्ड नं.–६ स्थित आयोजित रक्तदान कार्यक्रममा नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष कुमारी कमला चौधरी, प्रबन्धक तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीकी अध्यक्ष दिब्या गुरुङ्ग र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके शाखाका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवालले संयुक्त रुपमा प्राबिधिक होमराज गिरी र सुनिल रत्गैयालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी उद्घाटन गर्नु भएको थियो । 

यसरी रक्तदान कार्यक्रममा नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष कुमारी कमला चौधरी, प्रबन्धक तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीकी अध्यक्ष दिब्या गुरुङ्गले आफनो जन्म दिवसको अवसरमा रक्तदान गर्नुभएको थियो । यसैगरी दिल्लीराज थारु, बिकास घतीमगर, केशव बुढामगर, राजकुमार थारु, कृष्ण प्रसाद खत्री, राम बहादुर थारु, सन्तोष थारु, परिमल चलाउने, सुनिल थारु, गणेश प्रसाद पुन, राम कुमार थारु, बिमल कुमार चौधरी, रबिन्द्र थारु, बासमती खत्री, राम कुमार बस्नेत, संगीता चलाउने, बबिता थापामगर, प्रकाश शर्मा, बिर बहादुर रोका, युवराज एरी, मोहनलाल थारु, आपाङ्ग ब्यक्ति हिवल चियरमा आएर प्रेम बहादुर परियारले रक्तदान गरेका छन । यसरी टेक बहादुर घर्तीमगर, भवानी थापा रावल, दिनेश कुमार थारु, ओमराज थारु, अर्जुन बुढाथोकी, लच्छु पुन मगर, नवराज खत्री, नबीन चन्द ठकुरी, शुभम थापामगर, चिरञ्जिबी कवर, सुनिल कुमार थारु, बिबेक हमाल, अमित पुन मगर, अनिश थारु, दिपक थारु, अमन पुन मगर, लाल बहादुर पुन मगर, किशोर थारु, राम प्रकाश थारु, गंगा थारु, माया थारु, मदन सिंह थारु, कपिल पुन मगर, रामकुमार थारु, पूर्ण रोका, लिल बहादुर चलाउने, शीला चन्द, कबिता रावत, गणेश बुढामगर, करन थारु, बिनायक खरेल, संगीता थारु, बसन्त थारु, बीरेन्द्र कुमार मौर्या, अमर बहादुर बुढा र प्रमोद कसेराले रक्तदान गरेका छन ।

यसरी रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका होमराज गिरी, सुनिल रत्गैया, महेश राना क्षेत्री, निशा ढुंगाना, भूमिका चौधरी, करुणा राना, शिवराज शाही, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए । कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वार्ड नं.–६ का वडाध्यक्ष लवराज खरेल, सचिव बम कुमारी घर्ती, ऋण संयोजक देबी आचार्य, सहजकर्ता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीकी उपाध्यक्ष अमृता केसी, सहकारीका पदाधिकारी, स्थानीयबासीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमको समापनमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका होमराज गिरीले नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी प्रबन्धक तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीकी अध्यक्ष दिब्या गुरुङ्गको जन्मदिनको परेको अवसरमा केक काटेर जन्मदिन मनाएका थिए ।

advertisement_1676998982.gif