शुक्रबार, ६ मंसिर, २०८२

अधिवक्ता निराज खड्का द्वारा लिखित पुस्तक 'नार्कोलोजी'को लोकार्पण

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ९ माघ, २०८१

अधिवक्ता निराज खड्का द्वारा लिखित पुस्तक 'नार्कोलोजी'को लोकार्पण

माघ ९ बुधबार ,काठमाडौँ । नेपाल सरकार मन्त्रीपरिषदका पुर्व अध्यक्ष तथा पुर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले लागु औसध सम्बन्धि लेखिएको पुस्तक नार्कोलोजीको आज राजधानीमा एक कार्यक्रमका बीच लोकार्पण गरेका छन्। नेपालमा लागु औसधको अवस्था ,कानुनि व्यवस्था र सम्बोधनका सवालहरु को सम्बादको कार्यक्रममा अधिवक्ता निराज खड्का द्वारा लिखित पुस्तकको लोकार्पण भएको हो।

लोकार्पण कार्यक्रममा बोल्दै मन्त्रीपरिषदका पुर्व अध्यक्ष तथा पुर्व  प्रधानन्यायाधीश खिलराज रेग्मीले लागु पदार्थ जस्तो जटिल बिषयलाई बुझ्न तथा त्यसबाट छुटकारा दिलाउन पुस्तक सहायक बन्ने बताए । पाल्पाली संगमले आयोजना गरेको उक्त लोकार्पण कार्यक्रममा राज्यका नीति निर्देशक सिद्धान्त ,नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिका सभापति तथा पाल्पा  क्षेत्र न २ का संघिय सांसद ठाकुर प्रसाद गैरे,प्रतिनिधि सभा संघिय संसदका महासचिव पदम प्रसाद पाण्डे,पुर्व मंत्री  सोम प्रसाद पाण्डे,पुर्व सांसद कुल प्रसाद नेपाल लगायतले नेपालमा लागु औसधको अवस्था ,कानुनि व्यवस्था र सम्बोधनका सवालहरुका बिषयमा बोलेका थिए।

पाल्पा स्थायी घर भई विभिन्न कारणले काठमाडौँ बसोबास गर्ने व्यक्तिहरुको छाता संघठन पाल्पाली संगमका अध्यक्ष बिष्णु बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संगमका उपाध्यक्ष केशब राज आचार्य को स्वागत तथा महासचिव जीवन भण्डारीको संचालनमा सम्पन्न उक्त कार्यक्रम काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको थियो ।

कार्यक्रममा संगम का पदाधिकारी तथा पाल्पालीहरुको  जमघट रहेको  थियो। खड्काद्वारा लिखित लागु औसध सम्बन्धि पुस्तक अत्यन्तै उपयोगी पुस्तक रहेको सहभागीहरुले बताएका छन्। 

अधिवक्ता निराज खड्का द्वारा लिखित पुस्तक 'नार्कोलोजी'को लोकार्पण

advertisement_1676553908.gif