राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १४ श्रावण, २०८२
२०८२ साउन १३, काठमाडौं । समाजवादी मोर्चाले अहिलेको वस्तुस्थितीमा देशलाई समाजवादी गणतान्त्रिक व्यवस्थामा लान आफूलाई नयाँ ढङगले प्रस्तुत गर्ने निर्णय गरेको छ ।
मंगलबार नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अव मोर्चालाई अझ मजबुत बनाउने अवस्थामा पुगेको बताएका हुन् ।
उनले भने, ‘समाजवाद मोर्चालाई अब अहिलेको बस्तुस्थितीमा देशलाई समाजवादी व्यवस्थामा लाने, समाजवादी गणतन्त्रमा लाने तहसम्म लाने र सुदृढ गर्नुपर्यो भन्नेमा पुगेका छौं । नयाँ ढङगले आफूलाई प्रस्तुत गर्नुपर्यो र आफ्ना सीमाहरुको निर्ममतापूर्वक अन्त्य गरेर आफूलाई नयाँ ठाउँमा उठाउनु पर्यो ।’ उनले देशको अवस्था जटिल रहेको भन्दै जनता निरासावादको शिकार भइरहेको बताए ।
‘अहिले देशको स्थिति जटिल अवस्थामा छ । गणतन्त्रलाई थ्रेट गर्ने प्रवृति र हर्कतहरु अगाडि आइरहेका छन् । अहिलेका राज्यका सञ्चालकहरुको तरिका हेर्नुभयो भने बडो डरलाग्दो छ । निरासावादको शिकार देश भएको छ । जसका कारणयुवाहरु पलायन छन् । राज्यको पैसा विदेश पलायन भइरहेको छ । देशमा के होला भन्ने ठुला प्रश्न नेपाली जनताका दिमागमा छन्,’ उनले भने ।