शुक्रबार, ६ मंसिर, २०८२

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २६ असार, २०८१

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने

काठमाडौं, असार २५ । नेपाल टेलिकमको सिम कार्ड आज राति रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार राति ११ बजेदेखि २६ गते बिहान ६ बजेसम्म परीक्षण कार्य गरिने भएकोले उक्त अवधिमा रिचार्ज , प्‍याकेज खरिद,  तथा क्वेरी सेवाहरू केही समयका लागि प्रभावित हुन सक्ने जनाएको छ।  सात घण्टा सेवा बन्द हुने भएकाले आज राति ११ बजेअघि नै रिचार्ज गर्न टेलिकमले आग्रह गरेको छ। 

तर उक्त समयमा मोबाइल भोइस, डेटा, एसएमएस तथा एफटीटीएच भोइस, डेटा, आईपीटिभी आदि सेवाहरू भने यथावत् रूपमा सञ्चालन हुने टेलिकमको सूचनामा उल्लेख छ। 

advertisement_1676551537.gif