राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २५ बैशाख, २०८३
२०८३ बैशाख २५, काठमाडौं । ललितपुरको जावलाखेलस्थित मुन म्यानपावरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छापा मारेको छ ।
श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि मन्त्रालयको टोलीले आज म्यानपावरमा छापा मारेको हो ।
छापा मारेर कार्यालयबाट ४३७ वटा राहदानी र सात लाख ९० हजार नगद बरामद गरिएको छ । मन्त्रालयले म्यानपावर कम्पनीलाई सिल गरेर थप कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिएको छ ।
स्वकीय सचिव यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि गुनासो आएमा मन्त्रीको सचिवालय २४सै घण्टा तत्पर रहने बताए ।