बुधबार, २१ आश्विन, २०८३

काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १० श्रावण, २०८३

काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ

२०८३ साउन १०, काठमाडौँ । काठमाडौँको सुन्दरी जलबाट ३० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका २ आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरी जल बस्ने ५४ वर्षीय अम्बक तामाङलाई पक्राउ गरिएको हो ।

बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट गए राति एक बजे गाँजा बरामद भएको प्रहरीको भनाइ छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

advertisement_1676553908.gif