शुक्रबार, ६ मंसिर, २०८२

डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १४ करोड बिगो माग

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३ कार्तिक, २०८२

डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १४ करोड बिगो माग

२०८२ असोज ०२, काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत गरी १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव मिश्रासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । उनीविरुद्ध करिब १४ करोड रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

उनीहरुउपर स्वास्थ्य सेवा विभागको म्यामोग्राफी मेसिन खरिद को क्रममा लागत अनुमान तयार गर्दा देखिनै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको शर्त बमोजिमको सम्पूर्ण सामाग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामाग्री आएको भनी गलत पिडिआई रिपोर्ट, गलत दाखिला प्रतिवेदन, झुट्टा बिल बिजक लगायत तयार गरी गराई भुक्तानी दिई लिई भ्रष्टाचार गरेको आरोप छ  ।

डा.मिश्रा वर्तमान सरकारमा स्वास्थ्यमन्त्री बन्ने तयारीमा थिइन्। जेनजीको आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनी मन्त्रालय जान थालेकी थिइन् । स्वास्थ्यमन्त्रीको रुपमा आफ्नो नाम समेत चर्चामा आउन थालेपछि उनले सचिवबाट राजीनामा दिएकी थिइन् ।

Download the PDF
advertisement_1676998982.gif