शनिबार, ९ जेष्ठ, २०८३

पाल्पामा ५५ प्रतिशत मत खस्यो

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ फाल्गुन, २०८२

पाल्पामा ५५ प्रतिशत मत खस्यो

२०८२ फागुन २१, पाल्पा । पाल्पामा ५५ दशमलव ६१ प्रतिशत मत खसेको छ । क्षेत्र नम्बर एक पाल्पामा कुल ९८ हजार ३८३ मतदाता मतदाताहरु मध्ये ५४ हजार २ सय ३० जनाले मात्र मतदान गरेका हुन् । यो ५५ दशमलव १२ प्रतिशत हो ।

पाल्पा क्षेत्र नम्बर दुईमा ५५ दशमलव ९७ अर्थात् ६१ हजार १ सय ४१ जनाले मतदान गरेका छन् । यहाँ कुल एक लाख पाँच हजार ५४३ मतदाता रहेका छन् ।

पाल्पामा दुवै क्षेत्र गरी कुल दुई लाख ७ हजार ४६६ मतदाता रहेका छन् । जसमा एक लाख १५ हजार ३७१ जनाले मतदानमा सहभागी भई आफ्नो मत प्रदान गरेका हुन् ।

क्षेत्र नम्बर १ मा ३० हजार ८०१ महिला र २३ हजार ४२९ जना पुरुषले मतदान गरे । यस्तै क्षेत्र नम्बर २ मा ३३ हजार १२१ जना महिला र २८ हजार २० जना पुरुषहरुले मतदान गरेका हुन् ।

१० स्थानीय तह रहेको पाल्पाको क्षेत्र १ अन्तर्गत रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, माथागढी गाउँपालिका छन् । तानसेनको वडा ८, तिनाउको ५ पनि क्षेत्र १ मा पर्छ । पाल्पा–२ मा तानसेन नगरपालिका वडा नं. ८ बाहेक अन्य सबै, वगनासकाली, तिनाउँको ५ बाहेक अन्य, रिब्दीकोट र रैनादेवीछहरा गाउँपालिका रहेका छन् ।

advertisement_1676998982.gif