शुक्रबार, ६ मंसिर, २०८२

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १४ बैशाख, २०८१

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने

काठमाडौं । भोलि हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (ख) मा सार्वजनिक सवारी साधन पनि निर्वाध सन्चालन हुने भएको छ ।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेका अनुसार यसअघिनै गृह मन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरूलाई सार्वजनिक सवारी साधन चलाउने निर्देशन दिइएको थियो । यसअघिका निर्वाचनमा भने अत्यावश्यक सेवा र पास जारी भएका सवारी मात्रै निर्वाचन हुने दिन सञ्चालन गर्न  प्रचलन थियो।

आयोगका सहायक प्रवक्ता रामदत्त पन्तका अनुसार मतदाता ओसारपसारमा प्रयोग नगर्ने गरी बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारीसाधन, दमकल निर्बाध रूपमा सञ्चालन हुन पाउनेछन् । त्यस्तै, परिचयपत्र बोेकेका सञ्चारकर्मीको सवारीसाधन, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधन, शववाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन निर्बाध रूपमा चल्न पाउने छ ।

साथै आयोगले सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउन समेत निर्देशन दिएको छ । उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि एक जनाले मतदानको दिन चार पाङ्ग्रे, तिन पाङ्ग्रे वा दुई पाङ्ग्रे मध्ये १ (एक) वटा सवारीसाधन मात्र अनुमति लिएर प्रयोग गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ ।

निर्वाचन आयोगबाट जारी परिचयपत्र बोकेका पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने, फोहोरमैला ओसारपसार गर्ने, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारीसाधन चल्न पाउने छन् । कूटनीतिक नियोग, यूएन एजेन्सी तथा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारीसाधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारीसाधन निर्बाध रूपमा चल्न पाउने आयोगले जनाएको छ ।

भोलि हुने निर्वाचन इलाम क्षेत्र नम्बर २ र बझाङमा वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ ।

advertisement_1676551694.gif