शुक्रबार, ६ मंसिर, २०८२

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न आजै दिइने

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २७ चैत्र, २०८०

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न आजै दिइने

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको आयोगले जनाएको छ ।

उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (क) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

advertisement_1676551694.gif