राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १३ बैशाख, २०८१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालनको स्वीकृति दिएका छन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र बनाउनको लागि राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति पौडेलले बिहीबार सेना परिचालनको स्वीकृति दिएका हुन् ।
राष्ट्रिय सुरक्षा परिषद्को वैशाख १० गतेको बैठकको सिफारिस,मन्त्रिपरिषद्को वैशाख १० कै निर्णय तथा प्रधानमन्त्रीको पत्रका आधारमा राष्ट्रपतिले सेना परिचालनका लागि संविधानको धारा ६६(२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उपनिर्वाचन, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरु समन्वयात्मक रुपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेना परिचालन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
वैशाख १५ मा इलामा २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
.jpg)