शुक्रबार, ६ मंसिर, २०८२

स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २ आश्विन, २०८१

स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं, असाेेज २ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरूले सम्पादन गर्ने कार्यहरूलाई समयबद्ध रूपमा समावेश गरी कार्यतालिका सार्वजनिक गरेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना यहि असोज ९ गते प्रकाशन गरी असोज १० देखि १६ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गर्ने, कार्तिक २६ गते मतदाताको अन्तिम नामावली  प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखी निर्वाचन कार्यक्रम संचालन गर्दै १६ गतेसम्म मतदान गर्ने लगायतका ६२ वटा क्रियाकलाप सहित निर्वाचन कार्यतालिका स्वीकृत भएको आयोगले जानकारी दिएको छ ।

advertisement_1676551694.gif