राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १६ बैशाख, २०८१
इलाम। इलाम-२ मा मतगणना बिहान ११ बजे शुरु हुने भएको छ। आइतबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजे मतगणना थाल्ने निर्णय गरेको हो ।
गौतम बुद्ध सभागृहमा सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो ।
मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले फाकफोकथुम गाउँपालिकाबाट मतगणना शुरु गर्ने जानकारी दिए। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको मतगणना स्थलमा तारले घेरेर ११ वटा सीसीटीभी जडान गरिएको छ।