राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २४ चैत्र, २०८०
काठमाडौं । आगामी वैशाख १५ मा इलाम-२ मा हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारहरूले निर्वाचन निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर मनोनयन दर्ता गराएका हुन।
शनिबार मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार इलाममा दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङयाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
इलाममा तत्कालीन सांसद सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो भने बझाङमा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएकोले निर्वाचन हुन लागेको हो ।