शुक्रबार, ६ मंसिर, २०८२

बझाङको प्रदेशसभा उपनिर्वाचनमा १२ जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २४ चैत्र, २०८०

बझाङको प्रदेशसभा उपनिर्वाचनमा १२ जनाको उम्मेदवारी दर्ता

बझाङ। बझाङमा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्‍मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्।

शनिबार मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार बझाङमामा बेलुकी ५ बजेसम्मको समयभित्र १२ जनाको उम्मेदवारी दर्ता गराएका थ्रिए । 

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीका जनकबहादुर बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्का रहेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह, जनता समाजवादी पार्टीका रामबहादुर जाग्री, जनमत पार्टीकी सुशीलादेवी विष्ट, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेशनल रिपब्लिक पार्टीका कमल घर्तीमगर, नेपाली जनता दलका अशोक सुनार र राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

२०७९ मङ्सिर ४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

advertisement_1676553908.gif