शुक्रबार, ६ मंसिर, २०८२

भोलिदेखि शुरु हुदै माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १४ चैत्र, २०८०

भोलिदेखि शुरु हुदै माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा

काठमाडौं। भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ ।

भोलिदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला जिल्लामा  पुर्‍याइएको बोर्डका अध्यक्ष प्राडा महाश्रम शर्माले जानकारी दिए। उनले परीक्षालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आह्वान गरे।  

पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ। एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ वटा विद्यालयका ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने एसईर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

परीक्षाका लागि कार्यालयले दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक/एक तथा सबैभन्दा बढी काठमाण्डाैमा एक सय २७ वटा परीक्षा केन्द्र छन् ।

यस वर्षको एसईईमा जापानमा रहेको केन्द्रमा २३ जना सहभागी हुने केन्द्रले जनाएको छ ।

एसइई परिक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुनेेछ। ।

advertisement_1676553908.gif