शुक्रबार, ६ मंसिर, २०८२

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १३ कार्तिक, २०८२

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

२०८२ कार्तिक १२, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेर दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुनको मूल्य तोलामा दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी ४५ रुपैयाँले बढेर तोलाको दुई हजार नौ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार नौ सय २० रुपैयाँमा कारोबार भएको थियो । 

advertisement_1680627680.gif