शुक्रबार, ६ मंसिर, २०८२

वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश गिरी जेल चलान

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ३ बैशाख, २०८१

वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश गिरी जेल चलान

काठमाडौं । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरी जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए। तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावलले कानुनी लडाई लडिरहेकी थिइन् ।

अदालतमा आत्मसमर्पण गरेका गिरिलाई थुनामा पठाइएको छ ।

advertisement_1676551694.gif