शुक्रबार, ६ मंसिर, २०८२

वैदे रहेका लाखौँ युवाको भविष्यबारे नसोचे रूपान्तरण असम्भव: प्रधानमन्त्री

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ३० भाद्र, २०८०

वैदे रहेका लाखौँ युवाको भविष्यबारे नसोचे रूपान्तरण असम्भव: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका लाखौँ युवाहरूको भविष्यबारे नसोचे देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव नहुने बताएका छन् ।

‘तेस्रो नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२३’ लाई शनिवार सम्बोधन गर्दै उनले देशका युवाको भविष्यबारे सोच्न आवश्यक भएको भन्दै उनीहरूको आत्मसम्मान, सुरक्षा कायम गर्न र देशभित्रै रोजगारी सिर्जना गर्न सरकार गम्भीरतापूर्वक लागेको बताए ।

उनले भने-विदेशमा रहेका लाखौँ युवाहरूको भविष्यबारे नसोचीकन देशको परिवर्तन,  विकास र रूपान्तरण सम्भव छैन । त्यसैले यस पटक के गरी उनीहरूको हितको रक्षा हुन सक्छ, के गरी उनीहरूको आत्मसम्मान र सुरक्षा कायम हुन सक्छ र कसरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, सरकार त्यो दिशामा गम्भीरतापूर्वक लागिरहेको जानकारी गराउन चाहन्छु ।

प्रधानमंत्री दाहालले विदेशमा रहेका युवाहरूलाई सम्बोधन गर्ने उद्देश्यले सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने घोषणा गरेको भन्दै त्यसमा अहिलेसम्म झन्डै ३ लाख युवाहरू आबद्ध भइसकेको जानकारी दिए ।

उनले भने, ‘सरकारले सामाजिक न्यायको क्षेत्रमा महत्त्वपूर्ण प्रयास अगाडि बढाएको छ । म प्रधानमन्त्री भएको केही समयमै विदेशमा रहेका युवाहरूलाई सम्बोधन गर्ने उद्देश्यले सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने घोषणा गरिएको थियो । अहिलेसम्म झन्डै ३ लाख युवाहरू त्यो कोषमा आबद्ध भइसकेका छन् ।’

यस्तै, उनले नेपाली युवालाई भोलिका उत्तराधिकारी मात्रै होइन, वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार प्रतिबद्ध रहेको भन्दै युवालाई स्वदेशमा भविष्य देखाउनका लागि सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको बताए ।

advertisement_1676551694.gif