राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ११ बैशाख, २०८१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेका छन् ।
दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका कतारी शेख तमिम बिन हमाद अल थानीसँग शीतलनिवासमा भएको औपचारिक भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले द्विपक्षीय भेटवार्ताका अवसरमा उनले विपिन जोशी रिहाइको विषयमा आग्रह गरेका हुन ।
राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताएको र रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेका हुन् ।
गत ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका जोशीको अवस्था अज्ञात रहेकोले कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने जवाफ दिएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।