राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १२ बैशाख, २०८१
काठमाडौं । आज वैशाख १२, अर्थात् नेपालमा विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा भएको छ। ०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो।
विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९ सय ७० जनाको मृत्यु भएको थियो । २२ हजार भन्दा घाइते भएका थिए ।
भूकम्प जाँदा पाँच लाख ११ हजार ३९० घर क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो ।
विनाशकारी भूकम्पबाट गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो।
भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।