राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २ श्रावण, २०८१
काठमाडौं, साउन २ । काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम अघि काम अघि बढाएको छ । उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलेसँगै महानगरले काम अघि बढाएको हो ।
आज बुधबार बिहानैबाट महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढाएको छ । अहिले डोजर लगाएर सडकको दायाँबायाँ भत्काउन शुरू गरिएको छ ।
महानगरले बुधवार बिहानैदेखि फुटपाथ विस्तारको काम सुरु गरेको हो । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको थियो ।
तीन दिनअघि उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार रोक्नेगरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।