शुक्रबार, ६ मंसिर, २०८२

धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ७ बैशाख, २०८१

धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

काठमाडौं । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । आज शुक्रवार ४ लाख धरौटी रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान गरिएको हो ।

जिल्ला अदालत, रुपन्देहीले शुक्रबार पुनलाई ४ लाख धरौटीमा छाडने आदेश दिएको थियो । तर पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल चलान गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । पुनसँगै नविन अछामीले पनि धरौटी जम्मा गर्न नसकेपछि जिल्ला कारागार रुपन्देही चलान भएका छन ।

आदेशअनुसार रोशनी गुरुङ र निता थापालाई जनही २ लाख धरौटी, दुर्गा चापागाईँ पाण्डेलाई १८ लाख धरौटी, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार धरौटी, दीपेश पुनलाई ४ लाख धरौटी, नवीन अछामीलाई १० लाख धरौटी तोकिएको हो ।

सुप्रिम सहकारी ठगि प्रकरणमा जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएका थिए ।

advertisement_1676553851.gif