शुक्रबार, ६ मंसिर, २०८२

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १३ चैत्र, २०८०

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन

धनगढी। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन भएकी छन्। नगर प्रमुख हमालकी जेठी छोरी आरती हिजो (सोमबार) देखि सम्पर्कविहीन  भएकी हुन्।

केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी हिजोदेखि सम्पर्कबिहीन भएको मेयर हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

भारतको गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीले खोजी कार्यमा सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन्। साथै नगर प्रमुख हमालकी कान्छी छोरी आर्जु र ज्वाइँ आरतीको खोजी गर्न आज (मंगलबार) रातिको फ्लाइटमा गोवा पुग्ने भएकाले ००९१– ९७९४०९६०१४, ८२७३५३८१३२, ९३८९६०७९५३ मा सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग तथा खोजी कार्यमा सहजीकरण गरिदिन नगर प्रमुख हमालले सबैमा अपिल समेत गरेका छन्।

advertisement_1676551694.gif