शुक्रबार, ६ मंसिर, २०८२

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २७ बैशाख, २०८१

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट झण्डै १ करोड रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको हो । 

पक्राउ परेका दुई जना हुन्डी कारोबारी हुन सक्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए ।

advertisement_1676551694.gif