शुक्रबार, ६ मंसिर, २०८२

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना: मृतकको संख्या २७ पुग्यो

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ७ भाद्र, २०८१

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना: मृतकको संख्या २७ पुग्यो

तस्विर: गुगलबाट

तनहुँ, भदौ ७ । तनहुँको आबुखैरेनीमा भएको बस दुघर्टनामा मृत्यु हुनेको भारतीय पर्यटककाे संख्या २७ पुगेको छ । शुक्रबार बिहान भएको दुर्घटनामा २७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा १५ महिला र ११ पुरुष रहेका छन् । दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्‍टरबाट काठमाडौं पठाइएको छ भने बाँकी सबैको मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको छ । दुर्घटना र अवस्थाबारे भारतीय राजदूतावासमार्फत पनि जानकारी गराइएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १६० भन्दा बढी खटिएका थिए । भैरहवा नाका हुँदै छिरेको उक्त बसमा ४३ जना यात्रु सवार रहेको बताइएको छ ।

पोखराबाट काठमाडौं जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनी गाउँपालिका- २ ऐना पहराबाट मस्याङ्दी नदीमा खसेर दुर्घटना भएको थियो ।

advertisement_1676553908.gif